प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बरले जिते स्वर्ण

पोखरा ।  प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता उदयपुरका डम्बर बहादुर पूर्वाछानेले जितेका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै उनले स्वर्ण पदक जितेका हुन् । उनले स्वर्ण पदक संगै नगद रु ३५ हजार हात पारे ।

पोखरा १९ र २५ स्थित मर्दी र सेती नदीको संगमबाट सुरु भएको प्रतियोगितामा गोर्खाका सुरेन्द्र चेपाङले दोस्रो हुँदै रजत पदक प्राप्त गरे । उनले नगद रु २५ हजार हात पार्दा गोरखाका रबिन चेपाङले तेश्रो हुँदै कास्य पदक प्राप्त गर्दै नगद रु १५ हजार समेत् पाए ।

प्रतियोगितामा गोरखाका समिन चेपाङ चौथो हुँदै पदकका साथमा नगद १० हजार र खोटाङका प्रशान्त राई सान्त्वना हुँदै नगद रु ५ हजार प्राप्त गर्न सफल भए ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र तारामायाँ थापा मगर, परिषदका सदस्य गिरमान गुरुङ, परिषदका कार्यालय प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकालले बिजेता खेलाडी तथा सहभागिहरुलाई मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताका संयोजक तथा परिषदका सदस्य बसन्तराज दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रम भएको थियो । प्रतियोगिता नेपाल ¥याफटिङ तथा क्यानोइङ संघको समन्वयमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.