नेपाल एसिया कपको लागि छनौट

काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ । युएईलाई ७ विकेटले स्तब्ध पार्दै नेपालले उपाधि हात पारेको हो ।

 

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् ।

नेपालका तीन ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा गुलसन झाले ८४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६७ रनको अविजित इनिङ खेले । भने, भीमले ७२ बल खेल्दा ४ चौकाको मद्दतमा ३६ रन बनाए ।

यूएईका रोहन मुस्तफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक २ विकेट लिए । भने, आयान अफजल खानले १ विकेट लिए ।

यो जितसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान पक्का गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.