काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन आज

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनमा आज घरेलु टोली नेपालले काजकिस्तानसँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो । कजाकस्तान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

सहभागी ८ टिममध्येकै बलियो मानिएको कजाकस्तानले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न भने सकेको छैन । समूह चरणमा शत प्रतिशत नतिजा निकालेको कजाकस्तानसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । समूह बीको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराई समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.