भारतलाई हराउँदै अष्ट्रेलियाले आईसीसी यू–१९ विश्वकपको उपाधि जित्यो 

२८ माघ, काठमाडौं । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले १४ वर्षपछि आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यसपटकको उपाधि चौथो हो । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । अष्ट्रेलियाको उत्कृष्ट बलिङ आक्रमणसामु भारतका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका र १ छक्कासहित ४७ रन र मुसिर खान २२ रनमा आउट भए । मुरुगन अभिषेकले ४६ बलमा ५ चौका र १ छक्कासहित ४२, कप्तान उदय सहारन ८, सचिन दास र प्रियान्शु मोलियाले ९–९ रन बनाए ।

अष्ट्रेलियाका माहली बियर्डम्यानले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । राफ म्याकमिलनले १० ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कलुम विड्रलले २, चार्ल्स एन्डरसन र टम स्ट्रेकरले १–१ विकेट लिए । दक्षिण अफ्रिकाको विलोमुर पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा हर्जास सिंहले ६४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए । ओपनर ह्यारी डेक्सनले ५६ बलमा ३ चौका र १ छक्कासहित ४२ तथा कप्तान ह्युग वेबगेनले ६६ बलमा ५ चौकासहित ४८ रन बनाए । तल्लोक्रममा ओलिभर पीक ४३ बलमा २ चौका र १ छक्कासहित ४६ रनमा अविजित रहँदै महत्वपूर्ण ४६ रनमा नट आउट रहेका थिए ।

भारतका तीव्र गतिका बलर राज लिम्बानीले १० ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । नमान तिवारीले २, सौम्य पाण्डे र मुसिर खानले १–१ विकेट लिए । भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २ विकेट तथा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका थिए । नेपाल भने समूह चरण हुँदै सुपर सिक्सबाट बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.