आइसिसी लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ३९ ओभरमा अल आउट गरेको हो।
नेदरल्याण्ड्सलाई सस्तोमा अल आउट गर्न कुशल भूर्तेलले सर्वाधिक ४ विकेट लिए। उनले ७ ओभर बलिङ गर्दा २० रनमात्रै खर्चिए।
नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डले सर्वाधिक ३३ रन बनाए। ४९ बल खेलेका उनलाई कुशल भूर्तेलले ३४.२ ओभरमा आउट गरेका हुन्।
खेलमा ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले एक÷एक विकेट लिए।