ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

दमौली । नेपाल टेड युनियन काँग्रेस तनहुँको अध्यक्ष पदमा कृष्णबहादुर केसी नागिला सर्वसम्वत चयन हुनुभएको छ । सातौं जिल्ला अधिवेशनले केसी लाई चयन गरेको हो । अध्यक्षमा निर्वाचित नागिला यस अघि दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्नु भएको थियो ।

अध्यक्षमा केसी, नेपाल शिक्षक संघको तर्फबाट प्रमोद न्यौपाने, हरिभक्त सुवेदी, ओजराज बगाले गरी चार जना आकांक्षी मध्ये सर्व सम्मत चयन गर्न गठित समितिले केसीलाई चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्ष खुल्लातर्फ विश्वनाथ अधिकारी, महिलातर्फ कमलादेवी काफ्ले, सेवाक्षेत्र तर्फ प्रमोद सोती, उत्पादन क्षेत्र तर्फ सन्तोष वाग्ले, अनौपचारिक तथा स्वरोजगारतर्फ देवी न्यौपाने पौडेल चयन हुनुभएको छ । त्यसैगरी सचिवमा पशुपति अर्याल, सहसचिवमा तीर्थराज परियार बर्देवा, सहसचिवमा हरिश्चन्द्र कोइराला, कोषाध्यक्ष कृष्णप्रसाद तिवारी, सहकोषाध्यक्षमा उर्मिला लजारी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा रिआइत मिया, नारायण बानियाँ, सुदिप कँडेल, रामबहादुर गदाल, रश्मी सेढाई घिमिरे र सञ्जु पौडेल लम्साल चयन हुनुभएको निर्वाचन संयोजक हरिराज काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार प्रदेश अधिवेशन प्रतिनिधीमा गोपीकृष्ण तिवारी, दधिराज शर्मा सिग्देल, अशोक गिरी, कृष्ण प्रसाद खनाल, मिनबहादुर कार्की, शंकरराज नहर्की, बलराम वाग्ले, महेन्द्रप्रसाद अधिकारी, शारदा थापा अधिकारी, कल्पना परियार र शान्ता बाँस्तोलालाई चयन गरिएको छ । त्यसैगरी राष्टिय महाधिवेशन प्रतिनिधीमा ओजराज बगाले, लोकराज सेढाई र सुलोचना पण्डित चयन भएको छ ।

नव गठित कार्य समितिलाई बुधबार एक कार्यक्रमकाबीच पदस्थापन गरिएको छ । कार्यबाहक अध्यक्ष लोकराज सेढाईले माइन्यूट हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा संविधान सभा सदस्य रामचन्द्र पोख्रेल रहनु भएको थियो । सो अवसरमा पोख्रेलले मजदुरको सम्मान हुन सके मात्रै देशमा विकास हुने बताउनुभयो । साथै उहाँले युनियनले किसानहरुलाई समेत समेटेर ठुलो संगठन बनाउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, युनियनका केन्द्रीय सदस्य तथा व्यास नगरपालिका वडा नम्बर १ वडाध्यक्ष रमेशचन्द्र हड्खले, नेपाली कांग्रेस व्यास नगर सभापति तथा युनियनका निर्वतमान अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई लगायतले युनियनले सबै मजुदुरलाई समान व्यवहार गर्नुपर्ने र उनिहरुको समस्या समाधानको लागि ध्यान केन्द्रीत गर्न आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । अधिवेशन वैशाख १८ गते विश्व मजदुर दिवसको दिन उद्घाटन गरिएको थियो । सोही दिन चार जनाले दाबी गरेपछि नेतृत्व चयन गर्नको लागि जिल्ला स्थित नेताहरुले सर्व सम्मत चयन गर्ने प्रशाय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.