गर्मिबढेसँगै तनहुँमा पनि बन्द हुन थाले विद्यालय

दुलेगौँडा । बढ्दो तापक्रमका कारण तनहुँका विद्यालयहरु समेत बन्द हुन थालेका छन् । विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिन थालेसँगै जिल्लाका व्यास नगरपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्यालयहरु बन्द हुन थालेको हो ।

शुक्लागण्डकी नगरपालिका २ एक्लेखेतमा रहेको हंशबाहिनी माध्यमिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिनुका साथै पानीका मुलहरु सुकेर पानीको ब्यवस्थापन गर्न नसकिएकाले आगामी आईतबारसम्म विदा दिने निणर्य गरेको हो । विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले बर्षे विदामा कटौती हुने गरि विदा दिइएको विज्ञप्ती मार्फत जनाएका छन् ।

शिक्षा समन्वय इकाई तनहुँका अनुसार जिल्लाका विभिन्न पालिका मार्फत विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको जनाएको छ । इकाई प्रमुख बसन्तराज पौडेलले भौतिक संरचनाहरु गर्मि थेग्न नसक्ने विद्यालयहरुले विदा दिएपनि ब्यवस्थापन राम्रा भएका विद्यालयहरुमा भने अध्यन अध्यापन भईरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.