‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

सावित्रा कोईराला/दमौली । तनहुँवासीले सिंचाइको अभावले खेती योग्य जमिन बाँझै रहने समस्या र नदी तथा खोलाको तटबन्धनमा वर्षेनी हुदै आएको क्षति न्यूनिकरणमा ध्यान दिन सरोकार वाला निकाय समक्ष माग राखेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना सफलता मिडिया प्रा.लिको सहजिकरणमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको सेवा प्रवाह र सञ्चालित योजनाका सम्बन्धमा भएको सार्वजनिक सुनुवाईमा कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा सहभागीले जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट प्राप्त हुने सेवाहरु चुस्तदुरुस्त देखिएता पनि योजना छनौटमा अनुगमन गरेर आवश्यकता अनुसार प्राथमिकताका आधारमा छनौट हुनु पर्ने बताए । तनहुँमा यस्ता सार्वजनिक सुनुवाई कार्यक्रम कमै मात्र हुने गरेको गुनासो राख्दै कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा सहभागी व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका , भानु नगरपालिका , शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिकाका विभिन्न वडाका स्थानियको एउटै गुनासो सिचाइको अभावमा हजारौं रोपनी जग्गा बाझै रहेकोले किसानको जिविकोपार्जनमा असर परेको बताए । पुराना भएका सिँचाइ नहर पनि वाढी पहिरोले गरेको गुनासो पोखे ।

व्यास नगरपालिकाका स्थानियले व्यासमा बन्ने भनिएको नारेश्वर ताल जलाशय योजना नेताहरुको आश्वासन मात्र हो वा कर्मचारीको ढिला सुस्ती भनेर प्रश्न गरे । यस्तै काममा निमार्ण व्यवसायीले ढिलासुस्ती गरेर उपभोक्ताले हैरानी खेप्नु परेकोमा ढिला सुस्ती गर्ने ठेकेदारलाई कार्वाही वा कामको नियमन गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा जवाफ दिदै जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले नदि तटिय क्षेत्रको समस्यालाई मध्यनजर गरेर मादि नदि नियन्त्रण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको र करिब ९० प्रतिशत कार्य सकिएको बताए । नारेश्वर जलाशय लिफ्ट योजनाको १ करोड ९४ लाखमा सम्झौता भएर करिब २५ हेक्टर जमिन सिंचित हुने गरि बहुउदेश्यीय जलाशय निमार्ण हुनेमा विविध प्रविधिक कठिनाइ र भौगोलिक अध्ययनको रिपोट बुझ्न बाकी रहेको बताए । उनले विषय विज्ञताको अभावमा बाहिरबाट विज्ञ बोलाएर थप जाचँबुझ भइरहेकोले उपभोक्ताले र नगरपालिकाले केहि गर्ने हो भने पनि सयुक्त रुपमा गर्न पर्ने बताए । उक्त जलाशय निमार्ण स्थलमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको ड्याम निमार्ण र संरक्षणको रहेको खुलस्त पारे ।

जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेले सार्वजनिक सुनुवाई कार्यक्रममा चहाना र योजनाको माग धेरै सुनेको बताउदै कार्यक्रममा योजना भएका ठाउँका सबै पालिकाको प्रतिनिधीत्व हुनु पर्नेमा जोड दिए । कार्यक्रममा जनताबाट माग भएका योजना प्रदेश सरकार सम्म पुर्याउन आग्रह गरे । उनले ठेकेदार र निर्माण व्यवसायीले काममा ढिला सुस्ती गरे नियमन सहित कार्वाही हुनु पर्ने बताए ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गै्रहेले टेन्डर आवाहनमा ढिलाइ र कामको गुणस्तरको विषय कर्मचारी संग जोडिएको बताउदै यस्मा ध्यान दिन आग्रह गरे ।

कृषि,उर्जा तथा जलस्रोत मन्त्रालय गण्डकी प्रदेशका सिचाइ शाखाका इन्जिनियर जीबन अधिकारीले नदि तटिय क्षेत्रमा व्यक्तिका नाममा लालपुर्जा छ भन्दैमा नदिको बाहवलाईनै राक्ने गरि हिउदमा पर्खाल लगाउने गरेको पाएको र वर्षायाममा क्षति हुने गरेको बताए । उनले तनहँुमा १५० वटा योजना अगाडि वढि रहदा कर्मचारीको अभावमा ४÷५ जना मात्र कर्मचारीले काम गर्न पर्दा कार्यन्वयनमा ढिला हुन पुग्ने बताए । स साना सिचाइको योजना लगायत कृषि बजेट स्थानिय सरकारले आफै समाबेश गरेर काम गर्ने हो भने खेति योग्य जमिनमा उब्जाउ गर्न सकिने बताए ।

जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालय तनहुँमा भएको उक्त कार्यक्रमको सहजिकरण प्रमुख सहजकर्ता दुर्गा अधिकारी, उदेश्य तथा स्वगत रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारी र सन्चालन सावित्री कोइरालाले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.