दुबईमा भिषण वर्षा

२०८० माघ २९

आबु धाबी । सोमबार बिहान दुबई र आबुधाबीका बासिन्दाहरु उठ्दा स्थिति फरक थियो । बिजुली चम्किरहेको थियो, मेघगर्जन त्यसमाथि मुसलधारे वर्षा । झिसमिसे बिहान अघि नै आबुधाबीको सडक असिनाले ढाकिएको थियो । त्यहाँको मौसम विभागले बिहान ६ बजेदेखि रातिसम्मै भारी वर्षा हुन सक्ने भन्दै रेड अलर्ट जारी गरेको थियो । संयुक्त अरब इमिरेट्स (यूएई)को मन्त्रीपरिषद्ले रिमोट वर्कको घोषणा गरेको थियो भने शैक्षिक संस्था र सरकारी निकायहरुमा पनि रिमोट लर्निङको व्यवस्था गरेको थियो । सडक जलमग्न बनेको अनि चिप्लो भएको भन्दै ठाउँठाउँमा चेतावनी नै राखिएको सञ्चार माध्यमहरुमा सार्वजनिक तस्बिरहरुले देखाएका छन् ।

चिप्लो सडक र कम भिजिबिलिटीका कारण सवारी साधन चलाउनै समस्या भइरहेको थियो । निरन्तरको वर्षाका कारण सडकमा सवारी आवागमन प्रभावित हुँदा सवारी साधनहरु लामो जाममा फसेका देखिन्थे । आबुधाबीका सात ओटै इमिरेट्सका वर्षा प्रभावित क्षेत्रमा सडक मोटरचालकहरुका लागि कयौं सुरक्षा एड्भाइजरी जारी गरिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.