घिस्रनु पर्दैन अब रामबहादुरलाई….

अशोक विश्वकर्मा /दुलेगौंडा । आठ बर्ष अघि आफैले काटेको रुखमा च्यापिएर दुवै खुट्टा गुमाएका रामबहादुर विकले ह्विल चियर पाउनुभएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले उहाँको कष्टकर अवस्थालाई सहज बनाउन ह्विल चियर प्रदान गरेपछि विकलाई राहत मिलेको छ ।

घरको आर्थिक अवस्था कमजोर भएपछि ह्विल चियरको अभावमा चार पाउले हिड्न बाध्य विकले सहयोग पाएपछि जीवनमा साहारा मिलेको भन्दै खुशी ब्यक्त गर्नुभयो । चार पाउ टेकेर बजार डुल्दै गर्दा विकले ह्लिव चेयरको आवश्यकता रहेको तनहुँ खबरलाई बताउनुभएको थियो ।

उहाँको समस्याबारे तनहुँ खबरले क्लवका अध्यक्ष विष्णु रानालाई जानकारी दिएपछि सहयोगको व्यवस्था मिलेको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिका १० का विकले सक्षम हुदाँ सामाजिक सेवामा योगदान पु¥याएपनि असक्षतामा बेसहारा बन्नुपरेको गुनासो गर्दै आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.