वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

दुलेगौँडा । बसोबास नभएको बन्द घरको ताला फोडेर तामा र चरेसका भाडा वर्तन चोर्ने तथा बृद्धलाई धम्काएर नगद लुटपाट गर्ने दुई युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका २ रुमादीका ७५ बर्षीय शिवकुमार श्रेष्ठको घरको ताला फोडेर भाँडा चार्ने ब्यास ५ का समिर थापा र म्याग्दे १ का दुर्गाबहादुर विकले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरुले म्याग्दे १ का ६९ बर्षीय बृद्धलाई समेत कुटपिट गरेर नगद ४६ हजार ६० रुपैया लुटेका थिए । चोर युवाहरुको कुटपिटमा समेत परेका वृद्ध लक्ष्मण तामाङलाई उनीहले धारिलो हतियार देखाएर मार्ने धम्की दिएका थिए । प्रहरी निरिक्षक राजकुमार विकका अनुसार चोर दुर्गाबहादुरको साथबाट लुटिएको भाडा वर्तन समेत बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.