क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग

दुलेगौँडा । सामाजिक कार्यमा अग्रसर हुदै आएको मेचि महाकाली बुहारी संघ तनहुँ र सन नेपाल लाईफ ईन्स्युरेन्सले संयुक्त रुपमा व्लड क्यान्सरबाट पीडित बालिकालाई सहयोग गरेको छ ।

जिल्लाको भिमाद नगरपालिका ९ भाटडाँडाकी चार बर्षीय विना क्षेत्रीलाई संघले २७ हजार पाँच सय रुपैयाँ उलपब्ध गराएको हो । तीन महिना अघिदेखि ब्लड क्यान्सरको उपचार गराईरहेकी क्षेत्री परिवारलाई आम्दानीको स्रोत नभएकै कारण उपचारमा समस्या भएको जानकारी प्राप्त भएपछि सहयोग गरिएको संघकी सदस्य सिर्जना खनालले जानकारी दिइन् ।

संघकी जिल्ला अध्यक्ष लक्ष्मी भण्डारीको उपस्थितीमा पीडित बालिकाको बुवा टकबहादुर क्षेत्रीलाई सहयोग रकम उपलब्ध गराइएको थियो । बालिकाको काठमाण्डौँ स्थित कान्ति बाल अस्पतालमा उपचार भईरहेको बुवा टकबहादुरले बताए ।

बालिकाको स्वास्थ्य अवस्था बुझ्नुका साथै सहयोग उपलब्ध गराउन संघका तर्फबाट अध्यक्ष भण्डारी सदस्य खनाल सहित सुस्मा लम्साल, सुकु श्रेष्ठ, सवि सिग्देल, मनिमा गुरुङ, निसा लम्साल लगायत पुगेका थिए ।

देशभर बुहारीहरुको सञ्जाल विस्तार गर्दै गएको संघले स्वास्थ्य, र शिक्षा लगायतका क्षेत्रमा देखिएका समस्याहरुलाई न्यूनिकरण गर्न विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.