‘हाम्रो दलित समाज’ शुक्लागण्डकी गठन हुने

दुलेगौंडा । शुक्लागण्डकी नगपालिका अन्तर्गत रहेका दलित समुदायले नगर स्तरीय संगठन ‘हाम्रो दलित समाज’ गठन गर्ने भएका छन् । शुक्लागण्डकी नगरपालिकामा रहेका दलित समुदायका अगुवाहरुको भेलाले नगर स्तरीय संगठन निर्माण गरि समुदायको अधिकार स्थापना र संरक्षणमा क्रियाशिल गराउने निर्णय गरेका हुन् ।

नगरपालिकाको १२ वटै वडामा रहेका दलित समुदाय विच एकता गराउनका लागि भरत लामगातेको संयोजकत्वमा सात सदस्यीय तसर्थ समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा दुर्गाबहादुर विक, मिनबहादुर सुवर्णकार, दिपेन्द्र परियार, ज्योति विक, रिता नेपाली र अमृता विक रहेका छन् ।

समितिले आगामी जेठ २१ गते वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने र कार्यसमिति चयन गरि प्रकृयामा जाने संयोजक लामगादेले जानकारी दिए । उनले अन्तराष्ट्रिय जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा दुलेगौडामा समाजले बृहत रुपमा रक्तदान गरि विभेद विरुद्धको अभियान सुरु गर्ने बताए ।

कार्यक्रममा नगरपालिका भित्रका एक सय बढी दलित समुदायका रक्तदाताहरुलाई उपस्थित गराउने लक्ष्य रहेको छ । जातीय रुपमा हुने विभेद अन्त्य गर्न रचनात्मक कार्यक्रमहरुलाई समाजले प्राथमिकता दिन सदस्य ज्योति विकले बताईन् । भेलामा जनार्दन वियोगी नेपाली, विलास परियार, प्रकाश वि.क, जौमाया बराल सुनार, मिना रोका, अशोक विश्वकर्मा, प्रेम परियार, मनिषा विक लगायत सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.