तनहुँमा फेरि समातिए लागुऔषध कारोबारी

दमौली । मुग्लिन पुलजिपमा खटिएका तनहुँ प्रहरीले आईतबार लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका ४ बेनिटारमा रहेको अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले १४४ एम्पुल लागुऔषध सहित बन्दिपुरका पूर्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ९७२० नम्वरको बसमा आउदै गरेको श्रेष्ठको साथबाट ४८ एम्बुल फेनारागम, ४८ एम्पुल डाईजेपाम र ४८ एम्पुल नुफिन बरामद भएको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

२० बर्षीय युवालाई पक्राउ गरि थप अनुसन्धानका लागि तनहुँ अदालतबाट ६ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गण्डकी प्रदेशकै प्रवेशद्धार मानिने यस स्थानमा लागुऔषध कारोबार गर्नेहरुलाई प्रहरीले रंगेहात पक्राउ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.