चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका ५ मा अवस्थित एतिहासिक धार्मिक स्थल इच्छाकामना माइ मन्दिरको पुन ः निर्माण कार्य सम्पन्न भएको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर मन्दिर निर्माण गरिएको हो ।
मन्दिर निर्माण सम्पन्न भएसगैँ विधिवत रुपमा पुजाआजा गरि बिहिबार समुद्घाटन गरिएको छ । मन्दिरको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले एक कार्यक्रमका बिच उद्घाटन गरेको हो । नयाँ मन्दिरको समुद्घाटनसँगै बिहिबार देखि नै मन्दिरभित्रबाट पुजा आजा पनि सुरु गरिएको छ । यस अघि मन्दिर पुन ः निर्माणको क्रममा भक्तजनहरुलाई मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पुजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । अब भने भक्तजनहरुले भित्रैबाट पुजा गर्न पाइने छ ।
मन्दिरको समुद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले मन्दिरको प्रचार प्रसारमा जोड दिइने बताए । यहाँ खानेपानीको व्यवस्था समेत भइसकेको बताउँदै आवश्यक पुर्वाधारहरु निर्माण गर्दै जाने बताए । इच्छाकामना गाउँपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले प्रचारप्रसारलाई जोड दिइने बताए । “मन्दिरमा खानेपानीको व्यवस्था गरिएको छ, जमिन संरक्षण र प्रवेशद्वार निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ, गाउँपालिकाले प्रचारप्रसारमा पनि जोड दिइने छ ,मनकामकामना मन्दिर आउने भक्तजन पर्यटकहरुलाई इच्छाकामनासम्म आउने गरी ल्याउने व्यवस्थ गर्नेछ ।’ –उनले भने ।
यस्तै सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिर सम्म यात्रा गर्न सकिने र मन्दिर परिसर वरपर फागुन चैतमा ढकमक्क फुल्ने लाली गुराँसले पर्यटहरुलाई लोभ्याउने उनले बताए । बागमती प्रदेश सरकार, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताहरुको सहयोगमा २ करोड ४१ लाख ८८ हजार ८१ रुपैयाँ लागतमा मन्दिर पुनः निर्माण कार्य सम्पन्न भएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका उपाध्यक्ष यान बहादुर गुरुङले बताऐ ।
कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुन ः निर्माण कार्य ढिला गरि सम्पन्न भएको मन्दिर समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनका अनुसार मन्दिरको वि.सं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको थियो । तत्कालिन बागमती प्रदेश प्रमुख अनुराधा कोइरालाले मन्दिर पुनः निर्माणको शिलान्याश गरेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, गाउँपालिका पूर्वअध्यक्ष गीता कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाल, वडाध्य लगायत जनप्रतिनिधिहरु, विभिन्न राजनिति दलका प्रतिनिधि, कर्मचारी सञ्चारकर्मी लगायत स्थानियको पनि उपस्थिति रहेका थिए । कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई फुलको मला लगाएर प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।
गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिरसम्म सडक पुगेसगैँ केही बर्षयता भक्तजनहरुको आवागमनमा वृद्वि भएको पुजारी गुरुङले जानकारी दिऐ । प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.