शुक्लागण्डकीमा गुरुङ्ग र मगर समुदायको एकता

दुलेगौडा । शुक्लागण्डकी नगरपालिका गुरुङ र मगर समुदाय एक भएका छन् । बुधबार युवा नेता समेत रहेको मनराज गुरुङ्गको अध्यक्षतामा गुरुङ्ग मगर सांस्कृतिक एकता समाजको पुनर्गठन गरिएको हो । तीन दशक अघि स्थापना गरिएको यो सस्था केही समय निस्क्रिय रहेको थियो ।
दुलेगौडामा सम्पन्न एकता समाजको छैठौ अधिवेशनबाट गुरुङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । उपाध्यक्षमा चन्द्र थापा मगर, सचिवमा अमर राज थापा, सहसचिवमा डिल बहादुर गुरुङ, कोषाध्यक्षमा रुपा गुरुङ र सदस्यहरुमा यामबहादुर आले, पदमबहादुर आले, भेषबहादुर गुरुङ, नारायण गुरुङ, यामबहादुर आले, कृष्णकुमारी थापा, गोमाया थापा, मेखबहादुर गुरुङ, टुकबहादुर गुरुङ र पूर्णबहादुर आले चयन भएका छन् ।
समाजले दुबै समुदायलाई एकताबद्ध बनाउदै आर्थिक, सामाजिक र राजनैतिक रुपान्तरणमा सहजीकरण गर्ने उद्धेश्य लिएको नवनिर्वाचित अध्यक्ष गुरुङ्गले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.