गौ संरक्षणका लागि घाँस रोपिने

दुलेगौँडा । राष्ट्रिय जनावर गाईको संरक्षण गर्न ‘सुशासन र समृद्ध शुक्लागण्डकीका लागि युवा अभियान’ समुहले घाँस रोप्ने भएको छ ।

शुक्लागण्डकी नगरपालिकास्थित घारी मरेतारामा रहेको गौ संरक्षण केन्द्रमा रहेका सयौँ गाईले घाँस खान नपाएको समस्यालाई निराकरण गर्न समुहले घाँस लगाउने भएको हो । शनिबार उक्त बृहत वृक्षरोपण कार्यक्रममा घाँसका विरुवा र आवश्यक औजार सहित उपस्थित हुन आग्रह गरिएको सदस्य विवेक वाग्लेले जानकारी दिए ।

समुहले राष्ट्रिय जनावर गाईको उचित संरक्षण हुन नसकेको समेत निष्कर्ष निकालेको छ । नगरको सुशासन कायम गर्न यो समुहले सामाजिक सञ्जाल मार्फत नै जनदवाव सिर्जना गराउने कार्यको सुरुवात गर्दै आएको छ । यो समुहले नगरपालिकामा हुने बेतिथीलाई बाहिर ल्याउन सहयोग गरेको छ । समुहको संयोजकमा गाछेपानीका शंकर पन्त रहेका छन् ।

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.