विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा रहेका विश्वकर्मा समुदाय संगठित हुने भएका छन् । नगर क्षेत्र भित्र रहेका यो समुदाय आफुहरुको आर्थिक, सामाजिक, राजनितीक लगायतका क्षेत्रमा पहुँच स्थापना गर्न संगठित हुन लागेका हुन् ।

नगर क्षेत्र भित्र रहेको विश्वकर्माहरुको प्रारम्भिक भेलाले भरत लामगातेको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिती गठन गरेको छ भने निवर्तमान उपमेयर सविता सराईलीको नेतृत्वमा पाँच सदस्य विधान तथा मस्यौदा लेखन समित गठन गरिएको छ । समितीको सदस्यहरुमा दुर्गा बराईली, पोषबहादुर विश्वकर्मा, मिनबहादुर सुनार, ज्योति वि .क, मिनबहादुर सुर्वाणकार, खिम बहादुर बि.क, गणेश लामगादे, डिलबहादुर रामदाम, नरबहादुर बि.क, रविलाल विश्वकर्मा, मनोज सुनार र पुर्णबहादुर सुनार रहेका छन् ।

यस्तै विधान तथा मस्यौदा लेखन समितिको सदस्यमा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बि.क(राजु), प्रकाश बि.क, पहल सिंह बि.क र पत्रकार अशोक विश्वकर्मा रहेका छन् । तदर्थ समितिका संयोजक लामगादेले नगर स्तरीय कार्यक्रम, छलफल र निर्णय गर्न सहज हुने तथा सामुदायिक एकता भए मात्र विभिन्न कारण हेपिननपर्ने हुदाँ संगठन निर्माण गर्न लागेको जानकारी दिए । उक्त कार्यक्रममा पुर्व उपप्रमुख रसाईलीले सामुहिक आवाज बुलन्द पार्नु आजका आवश्यकता रहेकोमा जोड दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.