आमा र छोरा १६ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

दमौली । तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ्ग निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता हुनुभएको छ । लामो समयदेखि वेपत्ता भएपछि परिवारजन तनावमा छन् ।

राममायाको श्रीमान लोकबहादुर विकले वैशाख ३ गते विहान देखि घर नआएको माईती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताउनुभयो । आमा र छोरा खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिए पनि कुनै खबर नआएको विकले बताउनुभयो । भारतको रोजगारीमा रहनु भएका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किनु भएको छ ।

विकले वेपत्ता परिवारको खेजी गरिदिन अपिल गर्नु भएको छ । आफ्ना लगायत सबै तिर खोजी गर्दा पनि श्रीमति र छोराको पत्तो नलागेपछि उहाँले प्रहरी, नागरिक समाज र पत्रकारलाई परिवारको खोजी गरिदिन अपिल गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.