सर्वाेच्चको निर्णय नमानी गोरखामा जनयुद्ध दिवशको दिन सार्वजनिक विदा

२८ माघ, गोरखा । जनयुद्ध दिवस अर्थात फागुन १ गते गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै दिवस मनाउन सार्वजनिक बिदा दिइएको जनाएका छन् । अजिरकोट गाउँपालिकाको आइतबारको बैठकले पालिका अन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, र वैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

पालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको गण्डकी गाउँपालिका प्रमुख दीपक तिमिल्सिना र भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए । कुल ११ वटा पालिका रहेको गोरखामा यी तीन पालिकासहित नौ वटा पालिका माओवादीले जितेको हो भने बाँकी काग्रेसले प्रमुख पद जितेको छ । जिल्लाका अरु स्थानीय तहले भने बिदा दिएका छैनन् ।

यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णयविरुद्ध रिट परेपछि सर्वाेच्च अदालतले फागुन १ गते जनयुद्ध दिवशको रुपमा विदा नदिन अन्तरिम आदेश दिएको थियो ।

जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने ठहर गर्दै सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न भनेपनि त्यसको विपरीत जिल्लाका केही स्थानीय तहहरुले धमाधम बिदा दिने निर्णय गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.