विवाहेत्तर सम्बन्धकै कारण प्रमिला दमाईको हत्या

२९ माघ, काठमाडौं । विवाहेत्तर सम्बन्धकै कारण प्रमिला दमाईको हत्या भएको पाइएको प्रहरीले बताएको छ । शनिबार साँझ काठमाडौं–९ विजय चोकमा रहेको एक होटलमा प्रमिला दमाईको शव भेटिएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दोलखा वैतेश्वर घर भएका कुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । सोधपुछका क्रममा विवाहेत्तर सम्बन्धका कारण श्रेष्ठले हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

एसएसपी खत्रीका अनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो । दुबै विवाहित हुन् । तर विवाहेत्तर सम्बन्ध राखेपछि परिवारले न्यायिक समितिदेखि प्रहरीसम्म लगेर छुटाउन खोजेका थिए । एसएसपी खत्री भन्छन्, ‘दुबै घर परिवारलाई थाहा भएको अवस्थामा पनि उहाँहरुको सम्बन्धले निरन्तरता पाएको देखिन्छ ।’ पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाव दिएपछि कुमारले हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.