मैतीदेवीमा दुई जना किशोरीमाथि छुरा प्रहार

काठमाडौँ । काठमाडौँको मैतीदेवीमा दुई जना किशोरीमाथि छुरा प्रहार गरिएको छ । छुरा प्रहारबाट ललितपुर घर भएकी एक युवती र गोरखा घर भएकी अर्की युवती घाइते भएका छन् । एक जनाको टाउकोमा र अर्की युवतीको घाँटीमा चोट लागेको छ ।

भारतको राजस्थान घर भएर मैतीदेवी बस्ने युवकले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । माघ २४ मा साँझको घटना भए पनि प्रहरीले घटनाबारे सार्वजनिक गरेको छैन । छुरा प्रहारमा संलग्न युवक भारतबाट आएको र विवाद भएपछि छुरा प्रहार गरेर भागेको प्रहरी अधिकारीहरू बताउँछन् ।

घटना युवकको कोठामा भएको हो । छुरा प्रहारको कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.