नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

२९ माघ, काठमाडौं । नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ।केन्द्रीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा यो तथ्यांक उल्लेख छ।अघिल्लो सर्वेक्षण २०६६÷६७ मा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो । सर्वेक्षण अनुसार गरिबीको रेखामुनिको जनसंख्या गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३४ प्रतिशत रहेको छ।

सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम र कम गरिबी गण्डकी प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ।

अघिल्लो मापदण्ड अनुसार गणना गरेको भए गरिबी ३.५७ प्रतिशतमा झर्थ्यो । मापदण्डमा परिमार्जन गरिएको र नयाँ मापदण्डले २०.२७ प्रतिशत गरिबी देखिएको कार्यालयका उपतथ्यांक प्रमुख हेमराज रेग्मीले बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९÷८० नतिजा सार्वजनिक गरे । यो प्रतिवेदन १२ वर्षपछि सार्वजनिक भएको हो । १ असार २०७९ देखि २०८० जेठसम्म गरिएको अध्ययनका लागि ९ हजार ६ सय घपरिवारबाट नमुना भरेर यो प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ।

नेपालमा २०३४ सालबाट गरिबी सर्वेक्षणको काम सुरु भएको थियो । त्यसबेला ३६ प्रतिशत गरिबी थियो । २०४८ सालमा ४९ प्रतिशत गरिबी पुगेको थियो । लोडका हिसाबले यो सबैभन्दा ठूलो गणना मानिन्छ। कार्यालयले गरिबीको रेखा निर्धारण गर्न आम्दानी, खर्च र बहुआयामिक आधार मापदण्ड बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.