सांसद भण्डारीको प्रश्नः  नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ?

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले गणतन्त्र प्राप्ति पछि नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ? भनेर प्रश्न गरेका छन् ।

त्यस्तै केन्द्रीय सदस्य भण्डारीले गणतन्त्र प्राप्ति पछि देश समृद्धिको मार्गमा हिडेदै छ कि छैन ? सुशासनको प्रत्याभूतिक भएको कि भएन ? आम नागरिकमा आशा र विश्वास वृद्धि भएको कि भएन ? गणतन्त्र प्राप्ति पछि देशको अन्तराष्ट्रिय हैसियत बढ्यो कि बढेन ? भनेर समेत प्रश्न गरेका छन् । के.स.भण्डारीले जुन संकल्पका साथ गणतन्त्र ल्याईएको थियो त्यो उदेश्य हासिल हुने दिशामा हामी गएका छौं कि छैनौ भनेर अन्तर मनलाई प्रश्न गर्नुपर्ने बेला आएको समेत बताएका छन् ।

के.स.भण्डारीले १६ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सो प्रश्न सोधेका हुन । के.स.भण्डारीद्धारा जारी विज्ञप्तीमा गणतन्त्र धान्न नसक्ने हो भने गल्ती सच्याएर ठिक मार्गमा आउन कञ्जुस्याई गर्न नहुने धारणा समेत व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.