नीति तथा कार्यक्रममाथिको छलफल जारी: राष्ट्रियसभामा प्रधानमन्त्रीले आज जवाफ दिदै

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । प्रतिनिधिसभामा आइतबारदेखि सुरु भएको छलफल आज पनि जारी रहने छ । प्रतिनिधिसभामा २० सांसदले नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव दर्ता गराएका छन् । साथै राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी नै रहनेछ । आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ जवाफ दिने कार्यसूची रहेको छ ।
राष्ट्रियसभामामा तीन सांसदहरु तुलसा कुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् । उनीहरुको प्रस्तावलाई राष्ट्रियसभामाका अध्यक्षले निणर्यार्थका लागि पेस गर्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.