नेता रसाईलीलाई एमालेको महत्वपूर्ण जिम्मेवारी

दुलेगौँडा । नेकपा एमालेकी केन्द्रिय सदस्य तथा शुक्लागण्डकी नगरपालिकाकी निवर्तमान उपमेयर सविता रसाईलीले पार्टीको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकी छन् ।

उनलाई नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र २ मा ईन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै तनहुँ जिल्लामा नेकपा एमालेको ईन्चार्जको जिम्मा नवलपुरका तिलक महत क्षेत्रीलाई प्रदान गरिएको छ । पूर्व सांसद तथा पार्टीका केन्द्रिय सदस्य समेत रहेको महतले तनहुँमा ईन्चार्जको जिम्मेवारी पाएसँगै तनहुँ जिल्ला ईन्चार्ज तथा पार्टीका पोलिटब्यूरो सदस्य टुकराज सिग्देललाई स्याङ्जा जिल्लाको ईन्चार्ज तोकिएको छ । सिग्देल संविधान सभा सदस्यका साथै पूर्व सांसद समेत हुन् ।

यस्तै नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र १ को ईन्चार्ज भने नेकपा एमालेकी केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.