नेपाल-अमेरिका पत्रकार संघको अध्यक्षमा भण्डारी निर्वाचित

काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्षमा सुरज भण्डारी निर्वाचित भएका छन् । ८ औँ महाधिवेशन तथा १६ औँ साधारण सभाबाट भण्डारीले ५४ मत प्राप्त गर्दै जित दर्ता गराएका हुन् ।अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा भएको अधिवेशनमा उनका प्रतिस्पर्धी मधुकर अधिकारीले १९ मत पाए ।
उपाध्यक्षमा सुजन पण्डित, महासचिवमा बाबुराम दाहाल, सचिवमा प्रतिमा बास्कोटा, कोषाध्यक्षमा जानु पंगेनी, उत्तर क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, मध्य क्षेत्रीय संयोजकमा शंकर थापा निर्वाचित भएका छन् । यस्तै सदस्यमा केशव रेग्मी, झरना अधिकारी, ईश्वरी न्यौपाने र हेमराज बराल निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.