नवनियुक्त अर्थमन्त्रीलाई सम्मानै सम्मान

दुलेगौँडा । गत शुक्रबार गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय सम्हाल्ने गरि सपथ खाए लगत्तै गृह जिल्ला आएको मन्त्री जितप्रकाश आले अहिले सम्मान थाप्नमै व्यस्त छन् । मन्त्री बनेर अधिकाँशलाई सरप्राईज दिएका काँग्रेस सभापति आलेलाई जिल्लाका विभिन्न संस्था र ब्यक्तिले सम्मान गरेका छन् ।

शुक्रबार सपथ खाएर कार्यभार सम्हालेसँगै दमौली पुगेका मन्त्री आलेलाई प्रेस यूनियन तनहुँ र अन्य सस्थाहरुले सम्मान गरेको थियो । शनिबार आफ्नै निवास भिमादमा उनका शुभेच्छुकहरुले भेटर सम्मान गरेका थिए भने आइतबार काँग्रेस ढोरफिर्दी र जनज्योति क्याप्पस भिमादको सम्मान लिएर उनी पोखरा पुगेका छन् ।

उनी निकट स्रोतका अनुसार आलेले बजेटको तयारी गर्नुपर्ने भएकाले सम्मानका कार्यक्रम पछि सार्न अनुरोध गरेका छन् । निती तथा कार्यक्रम बनाएर मात्र फुर्सद हुने भएकाले सम्मान र जिल्लाबासीहरुसँगको भेटघाट कार्यक्रममा सहभागि हुने जनाइएको छ ।
नवनियुक्तम मन्त्री आलेले आफ्नो कार्यकालमा प्रदेशको आर्थिक स्थितीमा सुधार ल्याउने बताउदै आएका छन् । उनले अहिले आर्थिक अवस्था कमजोर रहेको भन्दै यसलाई उकास्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘अब करिबकरिब सिलिङहरु तयार भइसकेको छ । त्यसैमा रहेर अहिलेको जुन आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर, आर्थिक अनुशासनमा बसेर, उत्पादनमूलक काममा विशेष जोड दिएर, चालु खर्चलाई कटौटी गर्ने, राजस्वका लागि दायरा फराकिलो पार्ने र गण्डकी प्रदेशको आर्थिक अवस्थालाई सुढृढ गर्ने काम मेरो विशेष ध्यान जानेछ,’ उनले भने ।

पुँजीगत खर्च बढाउने र चुहावट न्यूनीकरण गर्ने खालका योजना लिएर अगाडी बढ्ने अर्थमन्त्री आलेमगरले उल्लेख गरे । उनले भने, ‘मितव्ययी कार्यक्रम गर्ने, पुँजीगत खर्चलाई सकेसम्म नघटाउने, चालु खर्च सकेसम्म कम गर्न, आउने चुहावटहरु सकेसम्म न्यूनीकरण गर्ने यही कुरा राखेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.