प्रविधिको दुरुपयोग गरी महिला माथि दुर्व्यवहार हुनेक्रम बढ्नु थप चिन्ताजनक ः निर्वतमान राष्ट्रपति भण्डारी

काठमाडौं । निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छन् ।

शुभकामना सन्देशमा भण्डारीले २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूणर् ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरी नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनी रूपमा सुनिश्चित गर्ने आधार निर्माण गरिकएको दिनको स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिको लागि भएका आन्दोलनमा योगदान गर्ने अग्रजहरूको स्मरण गरेकी छन् ।

सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले महिला सहभागिताको विषय ‘आरक्षण’ नभएर नेपाली महिला आन्दोलनको प्रकाशबाट स्थापित अधिकारको उपयोग हो भन्ने कुरालाई सबैले आत्मसात गर्न आवश्यक रहेको उल्लेख गरेकी छन् ।

नीतिगत, कानुनी तथा कार्यक्रमिक प्रयासहरूका बाबजुद पनि अझैपनि महिलाहरु विभेद, दुर्व्यवहार र हिंसाबाट पूणर् रूपमा सुरक्षित रहन नसकेको भन्दै उनले नेपाली समाजमा बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी प्रथा‚ बोक्सीको आरोप लगायत महिलाद्वेषी सामाजिक सांस्कृतिक प्रथा र परम्परा कायम रहनुले हाम्रो सभ्यतामाथि नै उपहास भइरहेको उल्लेख गरेकी छन् ।

सुभकामना सन्देशमा उहाँले सूचना प्रविधिको विकास एवं विस्तारका कारण आज महिला तथा बालबालिकाहरू अनलाइन यौनदुर्व्यवहार र उत्पीडनबाट समेत पीडित बन्ने क्रम बढ्नु थप चिन्ताको विषयभएको उल्लेख गरेकी छन् । सन्देशमा उनले राष्ट्रिय महिला अधिकार दिवसबाट समाजमा विद्यमान पुरातन सोच, शैली, प्रथा र परम्परामा परिवर्तन गर्दै लैङ्गिक समानतायुक्त सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्राप्त होस् भन्ने विश्वास व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.