विमोचन हुन अगावै ‘अग्रज अनुहार’ पुस्तक नियन्त्रणमा

माघ २८, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले विमोचन हुन अगावै नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान समितिले विमोचन गर्ने भनेको ‘अग्रज अनुहार’ पुस्तक नियन्त्रणमा लिएको छ । आफूहरुको मागलाई नेपाल पत्रकार महासंघले निरन्तर बेवास्ता गरेको र श्रेष्ठ बारेको इतिहास सच्याउन तयार नभएको भन्दै विमोचनका लागि तयार गरिएको पुस्तक नियन्त्रणमा लिनुपरेको फोनिज महासचिव मिलन लिम्बूले जानकारी दिए ।

‘पटक पटक इतिहास सच्याउन आग्रह गरेका हौं । तर, महासंघले चोर बाटोबाट पुस्तक छापेर गलत इतिहासलाई नै निरन्तरता दिन खोजेपछि दुःखका साथ विमोचनप्रति नै नियन्त्रणमा लिनुपरेको हो’, उनले भने । महासंघले संस्थापक बारेको विषय टुङ्ग्याउन नचाहँदा समस्या उत्पन्न भएको फोनिज अध्यक्ष गजुरधन राईको भनाई छ । ‘महासंघले आजैबाट संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ बारे अध्ययन अनुसन्धान थालेर निर्क्योल गरेन भने हामी देशव्यापी आन्दोलनमा उत्रन्छौं’, अध्यक्ष राईले भने ।

भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा भएको कार्यक्रममा पुस्तक विमोचन रोक्न फोनिज र नेवाः पत्रकार देय दबुका पदाधिकारी र सदस्यहरु कार्यक्रममा पुगेका थिए । महासंघले सो पुस्तक विमोचनका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई निमन्त्रणा गरेको थियो । तर, कार्यक्रममा दुवै भिआईपी उपस्थित भएनन् ।

सो पुस्तकमा नेपालका पत्रकारहरुलाई पहिलो पटक नेपाल पत्रकार संघ गठन गरेर संगठित गर्ने संस्थापक सत्यनारायण बहादुर श्रेष्ठलाई समावेश नगरिएकोप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र नेवाः पत्रकार देय दबुले आपत्ति प्रकट गरी विज्ञप्तिमार्फत जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.