दरबार हत्याकाण्डबारे छानबिन गर्न प्रधानमन्त्रीलाई चुनौती

वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दरबार हत्याकाण्डबारे छानबिन गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन् । राप्रपा नेपालको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन वीरगन्ज आइपुगेका अध्यक्ष थापा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निष्पक्ष छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) लाई चुनौती दिए । दरबार हत्याकाण्डलाई लिएर राजपरिवारप्रति जनतामा धेरै भ्रम छर्ने काम भइरहेको उनको भनाइ छ । यो भ्रम बेलाबेलामा सबै दल आफ्नो स्वार्थ अनुसार गर्दै आइरहेको थापाले बताए । उनले भने,‘त्यसकारण म प्रधानमन्त्रीलाई चुनौती दिँदै छु हिम्मत छ भने एक पटक स्वतन्त्र र निष्पक्ष उच्च न्यायिक छानबिन समिति गठन होस, त्यसपछि सबै विषय छर्लङ्ग हुन्छ ।’

दरबार हत्याकाण्डबारे ‘अनर्गल’ आरोप लगाउने काम भइरहेको उनले बताए । उनका अनुसार राजसंस्थाको पक्षमा जब–जब जनसमर्थन आउँछ, तबतब यस्ता भ्रम फैलाउने काम गरिन्छ । आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि राजनीति दलहरूबाट राज संस्थाको बदनाम गराउने काम भइरहेको टिप्पणी गर्दै राप्रपा नेपाल अध्यक्ष थापाले यो विषयलाई राजनीतिक स्वार्थको विषय बनाइनु उचित नरहेको बताए । त्यसकारण यो सबै समस्याको सधैँको समाधानका लागि उच्च न्यायिक छानबिन समितिको नै जरुरी रहेको उनको सुझाव छ । ‘प्रधानमन्त्रीज्यूबाट यो काम भइदियो भने जनताको अगाडि पनि सत्यतथ्य आउँछ,’ उनले भने । नत्रभने यही मुद्दा सधैँ निकालेर पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारलाई निशानामा राख्ने काम भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.