ढुङ्गा खानीको भीरबाट लडेर रुकुम पश्चिममा एक जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका- ४ मा रहेको ढुङ्गा खानीको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोताम बस्ने अन्दाजी ६० वर्षीय हिरे कामी रहेको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीय मनरुप टमटा र लटे कामीको घर छाउने ढुङ्गा निकाल्ने क्रममा लडेर उनको मृत्यु भएको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनी भिरबाट करिब ७०० मिटर तल भिरमा खसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.