फेवातालमा डुबेर एकजनाको मृत्यु

कास्की- माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूणर् गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मिन गुरुङ रहेका छन् ।

शनिबार दिउँसो करिव ४ बजे तालको पामे खपौदी क्षेत्रबाट वेपत्ता भएका गुरुङको शव वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली तथा शसस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा साँझ ७ बजेतिर तालबाट फेला परेको हो ।

उक्त शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.