असिनाबाट २ करोडको काँक्रोको बीउ नष्ट

पर्वत । हरेक वर्ष करोडौँको काँक्रोको बीउ बेच्दै आएका पर्वतको फलेवास नगरपालिका ११ पाङराङका किसान यस वर्ष निराश छन् । असिनाले लगाएको सबै काँक्रो चुटेपछि किसान निराश भएका हुन् । स्थानीय नारायण स्थान बीउ उत्पादन सहकारीमा आबद्ध भएका किसानको मुख्य आम्दानीको स्रोत काँक्रोको बीउ हो । यस वर्ष असिनाले १२० परिवारको बीउ नासिएको सहकारीका अध्यक्ष मायाकुमारी पाठकले जानकारी दिए ।

यस वर्ष असिनाले १ करोड ७५ लाख बराबरको बीउ र बीउमा गरिएको ५० लाख बराबरको लगानी नष्ट भएको पाठकले जानकारी दिए । बीऊ उत्पादनबाट वर्षेनी रु २ देखि रु. २ करोड १० लाख रुपैयाँसम्म भित्र्याउँदै आएको यो गाउँमा यस वर्ष भने कत्ति पनि उत्पादन नहुने नभएको पाठकले जानकारी दिए । यहाँका कृषकले दुई वर्ष अघि ७ टन बीऊ उत्पादन गरेका थिए । जसबाट रु. २ करोड १० लाख आम्दानी भएको थियो भने अघिल्लो वर्ष १ करोड २३ लाख रुपैयाँ ।

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी कार्यालय प्रमुख मनिता थापाका अनुसार गत वर्ष पर्वतमा १ करोड २३ लाखको काँक्राको बीउ तयार भएकोमा यस असिनाबाट पुरै नष्ट भएको बताए । यहाँका कृषकहरूले काँक्रोको बीउबाट एकदेखि २० लाख रुपैयाँसम्म लिने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.