गर्मीबढे सगैँ खानेपानीको अभाव

पाल्पा । गर्मी मौसममा बढी मात्रामा खपत हुने पानी तानसेनमा हाहाकार भएको छ । खानेपानी उपभोक्ता समितिको कार्यकाल सकिएर अवैध हुँदा खानेपानीको समस्या झन बढ्दै गएको हो । तीन वर्षदेखि अवैध रुपमा सञ्चालित समितिको साधारणसभा तथा समिति चयन हुन सकेको छैन । समितिले चार वर्षदेखि साधारणसभा तथा अधिवेशन गर्न सकेको छैन । नयाँ समिति बनाउन लागेको चार वर्ष बितिसकेको भएपनि नयाँ समिति बनाउने काम अलपत्र परेको हो । समितिभित्रका पदाधिकारीबिच भएको विवादका कारण चार वर्षदेखि खानेपानी उपभोक्ता समिति बन्न नसकेको हो ।

समितिको निर्वाचनको लागी हालै नेपाल वार एशोसिएसन पाल्पालाई जिम्मा दिइएको समितिका सचिव केशव पौडेलले बताए । समितिको निर्वाचनको लागी कार्यालय खोलिएपनि अन्य थप प्रगति हुन सकेको छैन । नयाँ समिति नबन्दा काम चलाऊ अवस्थामा रहेको पुरानै समितिभित्र रहेका पदाधिकारीबिच चरम विवाद छ । समितिमा बसेर तलब भत्ता पाउने नभएपनि समिति छाड्न नमान्ने पुराना पदाधिकारीहरूको रवैया रहेको उपभोक्ताको गुनासो छ । विवादित समितिका कारण तानसेनको खानेपानी समस्या समाधान हुन सकेको छैन । कालीगण्डकीको पानी तानसेनमा वितरण गर्ने भनेको दुई वर्ष बितिसकेको छ तर अहिले पनि उक्त योजना सफल हुन सकेको छैन ।

लामो समयसम्म नयाँ समिति बन्न नसक्दा खानेपानीको काम लथालिङ्ग बनेको तानसेनका उपभोक्ताको भनाई छ । खानेपानी उपभोक्ता समिति चयनका लागि पटक-पटक साधारणसभा तथा भेलाको मिति तय भएपनि हुन सकेको छैन । उपभोक्ता समिति गठन गर्ने भनेको चार वर्ष बित्यो तर अहिलेसम्म पुरानै समिति छ । उपभोक्ता समिति बन्न नसक्दा काम चलाऊ समितिले खानेपानी व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको तानसेनका उपभोक्ताको भनाई छ ।

समितिभित्रका पदाधिकारी तथा सदस्यका बीचमा विवाद चुलिएपछि समस्या भएको स्वयम् पदाधिकारीहरू बताउँछन् । तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यको तीन वर्षअघि नै निधन भएपछि नयाँ समिति बन्न सकेको छैन । समिति बनाउन तानसेन नगरपालिकाले गरेको प्रयास समेत असफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.