सुख्खा पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित तीन नम्बर पुलको माथिबाट सुख्खा पहिरो झर्दा बाटो अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख राजकुमार तामाङ्गले सुख्खा पहिरोसँगै ठूलो ढुङ्गा खस्न लागेकोले बाटो दुईतर्फी नै बन्द गरिएको जानकारी दिनुभयो । “सुख्खा पहिरो पनि खसेको छ, माथि ठूलो ढुङ्गा अड्केकोले ढुङ्गा खसेपछि बाटो खुल्छ ।”, उहाँले भन्नुभयो ।
हाल प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटी गई सडक विभागसँग समन्वय गरेर लोडरले पहिरो पन्छाउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.