एक जना वृद्धको गोली हानी हत्या

११ जेठ, रौतहट। रौतहटमा एक ७० वर्षीय वृद्धको गोली हानी हत्या भएको छ। देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा १ किलोमिटर टाढा भेटिएको थियो।

टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। तैयबलाइ घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रौतहटमा पछिल्लो समयमा हत्याको शृंखला बढेको छ । केही दिन अघि मात्रै गौर ७ का एक व्यक्तिको छुरा प्रहार गरी हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.