चर्को गर्मी तथा चुरेविनाशले मधेश प्रदेशका एक तिहाई चापाकल सुक्यो

जनकपुरधाम । लामो समयसम्म पानी नपरेका कारणले मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा खानेपानीको मुहान सुकेपछि सर्वसाधारण निक्कै मारमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भएका एक तिहाई चापाकलहरु सुकेपछि सर्वसाधारणलाई खाने पानीको समस्या मात्र होइन सरसफाईमा पनि समस्या उत्पन्न भएर अन्य रोगको खतरा पनि उत्पन्न भएको छ । यसका साथै मधेश प्रदेशका पूर्व पश्चिम लोक राजमार्ग क्षेत्रमा भएका इनारहरूमा पानी आउन बन्द भएपछि निक्कै समस्या उत्पन्न भएको छ ।

खानेपानीको समस्याबाट धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लाको उत्तरी भेगमा समस्या उत्पन्न भएको छ । चुरे तथा वनजंगलको दोहनका कारणले पनि पानीका श्रोतहरू सुक्न थालेको छ । जनकपुरधाममा ४५० फिटमा जडान भएको चापाकलमा पनि पानी आउन बन्द भएपछि सर्वसाधारणहरू थप समस्यामा परेका छन् । जनकपुरधामको वडा नंं २ मा रहेको शिव चौकमा रहेको आशोक दासले अहिले चापाकलमा पानी आउन छाडेपछि पानी किनेर खाने गरेको बताउँदै शौचालयमा गंगासागरको पानी प्रयोग गर्नु परेको जानकारी दिए । लामो समयसम्म वर्षा नभएका कारणले वडाका धेरै चापाकलहरु सुकेको जानकारी दिए ।

जनकपुरधामको गंगासागरमा रहेको डिप बोरिङ पनि सुकेको छ । विगत चार दिन देखि सो डिप बोरिङमा पानी आउन बन्द भएपछि यस क्षेत्रका हजारौँ व्यक्तिहरू स्वच्छ तथा शीतल पानी सेवन गर्नबाट वञ्चित भएको अधिवक्ता राजकुमार महासेठले जानकारी दिए । जनकपुरधामको घना वस्ति भएका अधिकांश ठाउँको चापाकलहरुमा पानी आउन बन्द भएको छ । पानी आउन बन्द भएका कारणले सर्वसाधारणलाई निक्कै समस्या उत्पन्न भएको छ ।

दिउँसो तीर चर्को घामसँगै गर्मी बढेका कारणले खानेपानीको मुहान सुकेको छ । यस्तै अवस्था रहेको खण्डमा अगामी दिनमा जनकपुरधाममा खानेपानीको थप जटिलता उत्पन्न हुने भएको छ । प्रदेश सरकारले जनकपुरधाममा भएका कतिपय पोखरीहरूको पक्की घाटको निर्माण गरेका कारणले पानीको रिचार्जमा पनि समस्या उत्पन्न भएको वातावरण संरक्षण अभियानी सुरेश शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.