‘हिस्टुन शुक्लागण्डकी’ गठन

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका अन्तरर्गत रहेका माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरु संगठित भएका छन् ।

साविकको उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरुको हकहित स्थापना तथा संरक्षण गर्न संगठन ‘हिस्टुन शुक्लागण्डकी’ निर्माण गरिएको कोषाध्यक्ष रोशन हमालले जानकारी दिए ।

समितिको अध्यक्षमा रामचन्द्र घिमिरे, उपाध्यक्षमा राजन कार्की, सचिवमा जुनमाया कार्की, कोषाध्यक्षमा हमाल चयन भएको छन् । यस्तै सदस्यहरुमा कालिका मैनाली, निर्मल पौडेल, देवेन्द्र तिवारी र महाभारत योगी रहेका छन् ।

उक्त भेलामा यस क्षेत्रमा रहेको १२ माध्यमिक विद्यालयका १८ शिक्षक सहभागि भएका थिए । नगरपालिका भित्र आठ वटा सामुदायिक तर्फका र निजी तर्फका चा गरि १२ माध्यमिक विद्यालयहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.