गुल्मीमा गाँजा र मर्चा नष्ट

२० जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानबाट मर्चा र गाँजा बरामद गरी नष्ट गरेको छ ।

प्रहरीले मुसिकोट नगरपालिका-५ इन्ऽेगौडा बजारस्थित सडक छेउमा बेवारिसे ६ वटा प्लाष्टिकको बोरामा १०३ के.जी. घरेलु जाँड बनाउन प्रयोग हुने वस्तु (मर्चा) फेला पोरेको थियो ।

त्यस्तै रेसुङ्गा नगरपालिका-४ स्थित रैदीबाट बरामद गरिएको ४ के.जी.७८२ ग्राम गाँजा फेला पारेको थियो । उक्त मर्चा र गाँजालाई कार्यायल परिसरमा सरोकारवाला व्यक्तिहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक -एसपी) नवीन किशोर प्रधानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.