काँग्रेस निकट ईन्जिनियरहरुको उपाध्यक्षमा गोरखाका धिताल 

गोरखा । काँग्रेस निकट ईन्जिनियरहरुको संगठन सेन्टर फर डेमेक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)को सातौ कार्यकारीणि समितिको निर्वाचन सम्पन्न भएको छ । आईतबार सार्वजनिक नतिजामा ई.लक्ष्मण केसीले नेतृत्व गरेको समुहले केन्द्रमा र सोहि समुहले बाग्मती प्रदेशमा समेत बिजय हासिल गरेको छ ।

गोरखा अजिरकोट घर भएका ई. उमेश धिताल सोहि समुहबाट उपाध्यक्ष पदमा भारी मतले बिजय भएका छन् । निकटतम प्रतिद्धन्दी ई. कैशल केसीको १०५१ मत आँउदा, धितालले १५८९ मत ल्याई बिजयी भएका हुन् । पुल्चोक क्याम्पसबाट जलस्रोत बिषयमा स्नातोकत्तर गरेका धिताल, यस अघि चौथो कार्यकारीणि समितिमा केन्द्रिय सदस्य निर्वाचित भएका थिए ।

सोहि समुहबाट, उपमहासचिव पदमा गोरखाकै सुशील लामिछाने निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी शिब भट्टराईलाई १० मतले पराजित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.