पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु

पश्चिम मेदिनीपुर । पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताएका छन् ।
पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ । राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ । सरकारी नीति- नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ । यसअघि पनि निजविरुद्ध केही मुद्दा परेका थिए ।
घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई जनही रु दुई लाख ५० हजार र घाइतेलाई रु एक लाख क्षतिपूर्तिस्वरुप प्रदान गरिने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.