विभेद उन्मूलनका लागि रक्तदान गरिने

दुलेगौँडा । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा आईतबार तनहुँ शुक्लागण्डकी नगरपालिकामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

‘हाम्रो दलित समाज’ शुक्लागण्डकी नगरपालिकाको आयोजनामा विद्यमान रक्तअभावलाई पूर्ति गर्नुका साथै समाजमा हुने विभेदलाई अन्त्य गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका संयोजक भरत लामगादेले जानकारी दिए । कार्यक्रम मार्फत समाजका सवै वर्ग र समुदायको एकतालाई मजबुत बनाउन प्रयास गरिने लामगातेले बताए । विहान ७ बजेदेखि बन्केवा चोकमा आयोजना हुने कार्यक्रममा सहभाति हुनुका साथै रक्तदान गर्न समेत उनले अपिल गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी कास्की र रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने कार्यक्रम मार्फत एक सय पिन्ट बढी रगत संकलन गर्ने लक्ष्य समाजले लिएको छ । पृथक कार्यक्रमहरु मार्फत समाजमा देखिने कुरितीहरुलाई हटाउन सवैको पहल हुनुपर्ने भन्दै कार्यक्रमले सकरात्मक सन्देश दिनेमा विस्वस्त रहेको कार्यक्रम संयोजक प्रकाश विकले बताए ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सरकारले विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै दलित समुदायले ¥याली र जुलुस लगायतका कार्यक्रम गरेपनि प्रभावकारिता नभएकाले रक्तदान कार्यक्रम आयोजना गरेको समाजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.