लक्ष्मी बैंक र सनराइज बैंक मर्जर हुँदै

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।सोमबार लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ अनुपाल १ को स्वाप रेसियोमा मर्ज हुने जनाइएको छ । भने, मर्जरपछि संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुने र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत रहने समेत जनाइएको छ ।
त्यसैगरी गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ । भने सम्झौतापत्र दुवै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.