अभियानद्धारा प्लास्टिकको झोला कम प्रयोग गर्न आग्रह

दुलेगौंडा । सुसाशन र समृद्ध शुकलागण्डकीका लागि युवा अभियानले प्लास्टिकको झोला प्रयोग कम गर्न सर्वसाधारण र विद्यार्थीलाई सजक बनाएको छ । प्लास्टिकको झोलाले व्यक्तिगत, सामाजिक र वातावरणीय हिसाबले दीर्घकालिन रुपमा नकारात्मक प्रभाव पार्ने हुदाँ यो कार्यक्रम गरेको हो । अभियानले दुलेगौंडा स्थित वन्केवा चोकमा आम सर्वसाधारण नागरिकलाई सजक गराउदै कपडाको वितरण गरेको थियो । साथै शहिद कृष्ण माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरुलाई सजक बनाउदै कपडाको झोला वितरण गरिएको छ ।

तनहुँ सेवा हस्पिटलका डाक्टर राज गुरुङले विद्यार्थीहरुका प्लास्टिकका झोला प्रयोग, यसले पार्ने प्रभावका बारेमा जानकारी गराएका थिए । उनका अनुासर प्लास्टिकको झोला प्रयोग ठप्प गर्न नसके पनि कम प्रयोग गर्दै कपडाको झोला प्रयोग गर्ने बानि बसाल्न अनुरोध गरे । अभियानले ‘प्लास्टिकका झोलाको प्रयोग कम गरौं, प्लास्टिकका झोला प्रयोगले स्वाथ्यमा प्रतिकुल असर गर्छ, प्लास्टिकका झोला जथाभावि नजलाऔं, प्लास्टिकका झोला जथाभावि नफालौं’ भन्ने सन्देशको पमप्लेट देखाउदैं जनचेतना फैलाएको थियो ।

कार्यक्रममा अभियानका संयोजक शंकर पन्त, सदस्य कोमलबहादुर बानिया, विवेक वाग्ले, विपिन भण्डारी, कृष्ण कार्की लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.