एसीमा लामो समय बस्दा स्वास्थ्यमा कस्तो असर गर्छ ?

चर्को गर्मी, खलखल पसिना अनि काम । यस्तो बेला एयर कन्डिसनर (एसी)को चिसो तपाईं पनि सम्झिनुहुन्छ होला । अहिले सहरबजारमा कार्यालय र घरमा एसीको प्रयोग बढ्दो छ । एसीयुक्त कोठामा बस्दा हामीलाई फ्रेस महसुस त हुन्छ नै, यसले बाहिरको दूषित हावामा भएका कीटाणु र जीवाणुलाई पनि भित्र प्रवेश गर्नबाट रोक्छ । यद्यपि एसीका फाइदा मात्रै होइन, बेफाइदा पनि छन् । यसले मानव शरीरलाई मात्रै नभई वातावरणलाई पनि उत्तिकै असर गरिहेको हुन्छ । किनकि एसीबाट निस्कन रासायनिक पदार्थले ओजन तह पातलो गर्ने काम गर्छ, जसले गर्दा भविष्यमा क्यान्सर समेत हुन सक्छ ।

एसीमा बस्दा हुने ‘साइट इफेक्ट’
एसीयुक्त कोठा चिसो हुने भएकाले लगातार बसिरहँदा पिनास हुने सम्भावना हुन्छ । किनभने चिसो हावाले म्युकस ग्रन्थिलाई कठोर बनाइदिन्छ । यसबाहेक रुघाखोकी लाग्ने, नाक सुख्खा हुने समस्या बढ्छ । एयर कन्डिसनरको प्रयोग गर्दा शरीरमा पानीको कमी हुन सक्छ । त्यसैले धेरै एसीमा बस्ने व्यक्तिले नियमितभन्दा बढी पानी पिउनुपर्छ । शरीरमा पानीको कमी भएमा छाला सुख्खा हुने, पसिना नआउने भएकाले छाला चिलाउने, कपाल सुख्खा हुने समस्या हुन सक्छ । यसले आँखालाई पनि सुख्खा बनाउँछ ।
एसीको नियमित सरसफाइ नहुने भएका कारण श्वासप्रश्वासमा समस्या हुने गर्छ । यसले एलर्जी र दमको समस्या भएका व्यक्तिलाई हानि पुर्‍याउँछ । टाउको दुख्ने समस्याले माइग्रेनसम्म हुन सक्छ । त्यस्तै थकान महसुस हुने, एसी चलाएर सुत्दा छातीमा इन्फेक्सन हुने, रोगप्रतिरोधात्मक क्षमता कम हुने, हाडजोर्नीको दुखाइ उत्पन्न हुने, एलर्जीको समस्या हुन सक्छ । एसीका कारण सरुवा रोग लाग्ने जोखिम पनि हुन्छ । एसी भएको कोठा वा कार्यालयमा हावा बाहिर पास नहुने भएकाले कोही सरुवारोगबाट संक्रमित व्यक्ति प्रवेश गरेमा सर्न सक्छ ।

समाधान के ?
एसीमा सकेसम्म कम बस्ने, सफा गरेर मात्र एसी चलाउने गर्नुहुन्छ । यसको विकल्पमा गर्मी छल्न पंखा, पानी, झोल पदार्थको सेवन गर्न सकिन्छ । त्यस्तै अफिसमा एसीमा रहँदा एक-दुई घण्टाको बीचमा मोइस्चराजर लगाउँदा छाला सुख्खा हुने सम्भावना कम देखिन्छ । एसीको अगाडि यसबाट बच्न एसीको अगाडि नबस्ने गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.