मेनुका पौडेललाई राष्ट्रपतिको बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली गायिका मेनुका पौडेललाई बधाई दिएका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले उनलाई धन्यवाद दिंदै सम्मानसमेत व्यक्त गरे ।राष्ट्रपतिले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताएको उनको सचिवालयले जनाएको छ । मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको शान र गौरव बढाउने उनको भनाइ थियो ।

गायिका पौडेल यतिबेला काठमाडौंमा छिन् । इण्डियन आइडलको अन्तिम १० बाट उनी गत साता बाहिरिएकी थिइन् । उक्त भारतीय रियालिटी शोले मेनुकालाई चर्चा दिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.