बुवा भेट्न र फिल्म छायांकनको लागि अष्ट्रेलियामा रहेको मिस पबीको प्रष्टीकरण

काठमाडौं । टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको एक भिडियो भाइरल बनिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो सेयर गर्दै यी दुईबीच प्रेम सम्बन्ध हुनसक्ने अड्कालबाजी काटेका छन् । उक्त भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरेका छन् । अष्ट्रेलियामा खिचिएको यो भिडियो गत साता पोस्ट भएको थियो । मिस पबी नामले चर्चित पवित्रा साँकी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् ।
यो भाइरल भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्नखाले टिप्पणी गरिरहेका छन् । यसबीच, मिस पबीले सोमबार फेसबुकबाट यो चर्चाबारे प्रष्टीकरण दिएकी छन् । उनले बुवा भेट्न र एक फिल्म छायांकनको लागि आफू अष्ट्रेलियाको सिड्नीमा रहेको बताएकी छन् । सोही सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसँग भेट भएको, बिजनेस प्रमोसनको भिडियो बनाउन त्यहाँ बोलाएको र सोही सिलसिलामा भिडियो खिचिएको बताएकी छन् ।\

उनले सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’ साइन गरेकी छन् । यही फिल्मबाट फिल्ममा डेब्यु गर्ने उनको तयारी छ । सोही फिल्मको सुटिङका लागि उनी अष्ट्रेलिया र न्युजिल्याण्ड पुगेकी हुन् । सापकोटाको कुरा गर्दा गायिका एलिना चौहानसँग नाम जोडिएपछि उनी चर्चामा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.