यात्रु लक्षित ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट’ सञ्चालनमा

मुग्लिन । तनहुँका पत्रकार चित्र सोल्टी गुरुङले यात्रुहरुलाई लक्षित गरेर ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट’ सञ्चालनमा ल्याएका छन् । मुग्लिन– नारायणगढ सडक खण्ड हुदै यात्रा गर्नुहरुलाई लक्षित गरेर सञ्चालन मा आएको यो रेष्टुरेण्टले टिपीकल खानाका प्रकारहरुलाई प्राथमिकता दिनेछ ।  गत बिहिबारदेखि उक्त सडकको खण्डको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने पाँचकिलो भन्ने स्थानमा  सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट संचालनमा आएको छ ।

भर्खरै संचालनमा आएको होटल सोल्टी भिलेजमा विशेष गरेर नेपाली टिपिकल खाना पाईने संचालक गुरुङले बताए । होटल संचालक गुरुङका अनुसार होटलमा नेपाली खाना सेट दालभात तरकारी अचारका साथै कोदो र मकैको ढिंडो खान पाईन्छ । साथमा गाउँघरको अग्र्यानिक सिस्नो पनि हप्तामा एक दिन खान पाईनेछ ।

‘यतिमात्र नभै हामी कहाँ गाउँघरमै पालेको लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा, बफ सुकुटी, सेकुवा पाईन्छ’ –उनले भने ‘जनजाती समुदायमा प्रचलित शुद्ध कोदोको तिनपाने जुस, छ्याङ, पूर्वको चर्चित तुम्बा र सुकुटी समेत हामी उपलब्ध गराउछौ’ । साथै होटलमा बसेर त्रिशुली नदीको सुन्दर दृश्यहरु हेर्दै आनन्दले खाना खान सकिने बताए ।

यस्तै होटलमा विस्तारै इच्छाकामना र आसपासमा उत्पादन हुने लोकल कृषि उत्पादनहरु मह, बोडी, मासको दाल, बेसार लगायत वस्तुहरु समेत कोसेलीको रुपमा खरिद गरि लैजाने व्यवस्था हुने बताए । सोल्टी भिलेजमा पुग्न मुग्लिन बजारबाट नारायणगढतर्फ जादाँ ५ किलो मिटर अगाडी पुग्नुपर्दछ भने नारायणगढबाट काठमाण्डौतर्फ जादा ३१ किलोमिटर अगाडी पुग्नुपर्नेछ । यस्तै चितवन जिल्लाकै चर्चित पर्यटकीयस्थल जलविरे लामो झरना अवलोकन गर्न जादा त्यहाँबाट करिब १ किलोमिटर अगाडी मुग्लिनतर्फ जादा सोल्टी भिलेजमा सजिलै पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.