अशोक विश्वकर्मा। स्थानीय तहको पहिलो निर्वाचनमा जनप्रनिधी भएर जनताको काम गर्ने चाहाना पुरा नभएपछि व्यवसायिक कृषि पेशामा लागेकी ममिता गुरुङको सफलता उन्मुख संषर्घ चाखलाग्दो छ । तनहुँको रतनपुर पृथ्वीराजमार्गबाट झण्डै २२ किलोमिटरको ग्रामिण सडक पार गरेपछि मात्र पुग्न सकिन्छ । शुक्लागण्डकी नगरपालिका १ मा रहेको यही वस्तीमा ममिता दम्पतीले गरेको बाख्रा र मौरी पालन सवैका लागि प्रेरणाको स्रोत बन्न थालेको छ । ६ बर्ष अगाडी हेफर नामक संस्थाले महिलाको आर्थिक स्तर उकास्न व्यवसायिक बाख्रा पालनको अवधारणा गाउँमा पु¥याएको उनले जानकारी दिईन् । ‘त्यसपछि नै हो बाख्रा पालन गर्नुपर्छ कि भन्ने लागेको’ उनले भनिन् ‘अहिले घाँसहरु प्रशस्त हुन थाल्यो बल्ल व्यवसायले लय समातेको छ ।’
३० वटा उन्नत जातका बाख्रा र ३२ घार मौरीले उनको दैनिकी व्यस्त बनाएको भएपनि श्रीमानका साथले सामाजिक काममा समेत निस्कन सहज भएको छ । श्रीमान मनकाजी गुरुङ्ग उनको व्यवसायको सारथी पनि हुन् । श्रीमान–श्रीमतिको मेहेनतले पछिल्लो ६ महिनामा मात्र दुई लाख बढीको मह विक्री गरेका उनीहरुमा थप मेहनत गर्ने हौसला मिलेको छ । ‘महको माग पोखरा र काठमाण्डौबाट असाध्यै हुने रहेछ, यस पटक मात्र एक सय ८५ माना उत्पादन भयो’ ममिताले तनहुँ खबरसँग गफिदै गर्दा सुनाईन्,‘बाख्राका पाठा पाठीपनि बेच्छौ, जे होस ऋण गर्न परेको छैन पैसाले त कस्लाई पुग्छ होला र ?’
शहरदेखि प…रको बस्तीमा आवश्यक पर्ने दाना चोक्कर पु¥याउन सहज छैन । ममिताको दम्पती आफ्नै पैत्रिक सम्पतीको संरक्षण गर्न गाउँकै बारीमा आफुलाई आवश्यक पर्ने कोदो, मकै, पिडालु लगायतका खेती पनि गर्न भ्याएका छन् । ‘ससुराकै बारी हो नि, धेरै घाँस लगाएका छौ अरु खेतिपाती पनि गर्छौ ।’ सन्तुष्टी मिश्रित भावमा ममिता सुनिईन् ।
बाख्राको व्यवसायिक सफलतापछि मौरी पालन गरेर मनग्य आम्दानी भित्राएकी उनी अब सँगसँगै कुखुरा पालन गर्ने योजना बुनिरहेकी छन् । बारीका पाटाहरुमा राई खनियोदेखि मेन्डोला, सुपर नेपिएर, मुलाटे, किम्वु, टाँकी लगायतका डाले घाँसहरु सँगै ममिताको व्यवसायिक कृषि पेशा मौलाउदै गएका छन् । जिल्लाकै म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाको सिमानामा रहेको शुक्लागण्डकी नगरपालिका रतनपुरबाट व्यवसायिक सफलताको उडान भरिहेका गुरुङ दम्पती अहिले स्वदेशमै सम्भावनाहरुको खोजीहरुका लागि उदाहरण बन्न थालेका छन् ।